वरिष्ठ सई राजकुमार के.सी. असार महिनाको उत्कृष्ट प्रहरीद्वारा सम्मानित
नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल, कपनमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक राज कुमार के.सी.लाई २०८३ साल असार महिनाको “उत्कृष्ट प्रहरी (Best Police of the Month)” का रूपमा छनौट गरी आज एक कार्यक्रमका बीच सम्मानित गरिएको छ ।
नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदलका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा प्रहरी वरिष्ठ सई राज कुमार के.सीलाई कदर-पत्र तथा पुरस्कार प्रदान ।
वरिष्ठ सई के.सी.ले आफ्नो पदीय जिम्मेवारी उच्च मनोबल, लगनशीलता, अनुशासन तथा व्यवसायीक दक्षताका साथ उत्कृष्ट रूपमा कार्य सम्पादन गर्नुका साथै प्रहरी कर्मचारीहरूमा कर्तव्यनिष्ठा, इमान्दारी र उत्कृष्ट कार्यसम्पादनको भावना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएकोले उहाँलाई “Best Police of the Month” प्रदान गरिएको ।

