एसपी सूर्य खड्काद्वारा बढुवा भएका प्रहरीलाई “दर्ज्यानी चिन्ह सु-शोभन”
नेपाल प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाको पत्रले जनपद प्रहरी समूह तर्फका प्रहरी नायव निरीक्षक पदबाट प्रहरी बरिष्ठ नायव निरीक्षक र प्रहरी बरिष्ठ हवल्दार पदबाट प्रहरी सहायक निरीक्षक पदमा, पदोन्नति हुनु भएका जिल्ला प्रहरी परिसर भक्तपुर तथा मातहत कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई भक्तपुरका प्रहरी प्रमुख एसपी सूर्य बहादुर खड्काले आज एक कार्यक्रमका बीच दर्जानी चिन्ह प्रदान गर्नुभयो ।
कार्यक्रममा उक्त कार्यालयका डिएसपी दिपक कुमार् कार्की, प्रहरी वृत्त जगाती भक्तपुरका प्रमुख डिएसपी चन्चला श्रेष्ठ, प्रहरी वृत्त ठिमी भक्तपुरका प्रमुख डिएसपी निसान थापाको उपस्थितिमा दर्ज्यानी चिन्हद्वारा सु-शोभन गरी प्रहरी उपरीक्षकज्यू तथा सम्बन्धित वृत्तका डिएसपीहरुले शु-सोभित हुने प्रहरी कर्मचारीहरुलाई बधाई तथा शुभकामना दिनु भई कार्यक्रम सम्पन्न भएको ।

