मालपोत कार्यालयमा बिचौलियामाथि प्रहरीको एक्सन: सेवाग्राहीलाई दुःख दिने १५ जना प क्राउ
बाँकेको नेपालगञ्जस्थित भूमि प्रशासन कार्यालय (मालपोत कार्यालय) परिसरमा सेवाग्राहीलाई दुःख हैरानी दिने तथा बिचौलियाको भूमिका निर्वाह गरेको आरोपमा १५ जनालाई प्रहरीले प क्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार मालपोत कार्यालय परिसरभित्र सेवाग्राहीलाई अनावश्यक रूपमा प्रभावमा पार्ने, काम छिटो गराइदिने भन्दै हैरानी दिने गतिविधिमा संलग्न रहेको आरोपमा उनीहरूलाई निय न्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको हो।
प्रहरीले सरकारी कार्यालयमा हुने बिचौलिया गतिविधि निय न्त्रण गरी सेवाग्राहीलाई सहज, पारदर्शी र निष्पक्ष सेवा उपलब्ध गराउने अभियानलाई निरन्तरता दिइएको जनाएको छ। साथै यस्ता गतिविधिमा संलग्न जो–कोहीमाथि कानुनअनुसार कारबाही गरिने चेतावनी पनि दिएको छ ।

