व्यवसायी बलराम शाहलाई मातृशोक काठमाडौं । व्यवसायी बलराम शाहकी माताको निधन भएको छ। माताको निधनसँगै शाह परिवार शोकमा परेको छ।
माताको निधनप्रति आफन्त, शुभेच्छुक, व्यवसायी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूले गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेका छन्। साथै, शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको छ।
दिवंगतप्रति अन्तिम श्रद्धाञ्जलि अर्पण गर्ने तथा अन्त्येष्टि कार्यक्रम पारिवारिक परम्पराअनुसार सम्पन्न गरिने परिवार स्रोतले जनाएको छ।

