एआईजी राजन अधिकारीद्वारा “विदाई तथा फेरि भेटौला कार्यक्रम सम्पन्न”
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एआईजी राजन अधिकारीको प्रमुख आतिथ्यतामा यस प्रतिष्ठानबाट अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगाल सरुवा हुनु भएका प्राविधिक प्रहरी उपरीक्षक सुनिल कुमार वरनवाल, बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडा सरुवा हुनु भएका प्रहरी निरीक्षक सविन कुमार संग्रौला तथा उमेर हदको आधारमा अनिवार्य अवकाश हुनु भएका प्रहरी नायव निरीक्षक युवराज बस्नेत समेतको बिदाई कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा कार्यकारी निर्देशकबाट सरुवा भई जानुहुने प्रहरी अधिकृतहरूलाई आगामी व्यवसायिक जिवनमा संगठनको मुल्य र मान्यता अनुरुप कार्य गर्न निर्देशन तथा अनिवार्य अवकाश हुनु भएका प्र.ना.नि. युवराज बस्नेतलाई सुखमय पारिवारीक तथा नागरिक जिवनको लागि शुभकामना समेत व्यक्त गर्नु भएको थियो ।

