बर्दिया जिल्लाका निमित्त कार्यालय प्रमुख एवंम डिएसपी रेशम बोहराले कार्यालयको आन्तरिक निरीक्षण तथा निर्देशन सम्पन्न
डिएसपी रेशम बोहराले निरीक्षणका क्रममा उपस्थित सम्पूर्ण प्रहरी कर्मचारीहरूको व्यक्तिगत टर्नआउट, कार्यालय परिसरको सरसफाइ, व्यारेक तथा विभिन्न शाखाहरूको कार्यप्रगति अवलोकन गर्नुका साथै कार्यालयको समग्र कार्यसम्पादनको समीक्षा गर्नुभयो।
निरीक्षणका क्रममा उहाँले आवश्यक सुधार गर्नुपर्ने विषयहरूमा ध्यानाकर्षण गराउँदै कार्यालयका कामकारबाहीहरू समयमै, अनुशासित र प्रभावकारी ढङ्गले सम्पन्न गर्न निर्देशन दिनुभयो। साथै, सेवा प्रवाहलाई अझ व्यवस्थित, चुस्त र जनमुखी बनाउन, प्रमाणमुखी अनुसन्धान र प्रविधिमैत्री प्रहरी कार्यका लागि आवश्यक पहल गर्न समेत निर्देशन प्रदान गर्नुभयो।

