बेलौरी: च्याउ टिप्न जंगल गएकी बेलौरीकी एक महिला बाघको आक्रमणमा परेर घाइते भएकी छन् ।
बिहिबार लालझाडी गाउँपलिका ६ ढक्कास्थित शुक्लाफाटा राष्ट्रिय निकुञ्ज संग जोडिएको जंगलमा च्याउ टिप्न गएकी बेलौरी नगरपालिका ९ डाडाकुण्डा बस्ने करिब २५ वर्षीया बिन्दु डगौरा बाघको आक्रममा परि घाइते भएकी छिन् ।
![]()
बाघको आक्रमणमा परि डगौराको आखामा करिब २० टाका र टाउको पछाडि १० भन्दा बढी टाका लागेको छन् । घाइते डगौराको धनगढीस्थित नव जीवन अस्पतालमा उपचार भइरहेको जनाइएको छ।
स्थानीयका अनुसार करिब १०,१२ जना महिलाहरुको समुह च्याउ टिप्ने क्रममा पाटे बाघले डगौरा माथि आक्रमण गरेको थियो । सबैले होहल्ला गर्दा बाघ भागेको बताए ।
तस्बिरहरु ÷ घाईते महिला


यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


