काठमाडौँ प्रहरीद्वारा हराएका मोबाइल खोजतलास गरी सम्बन्धित धनीलाई हस्तान्तरण
काठमाडौँ जिल्ला प्रहरी परिसरमा प्राप्त मोबाइल हराएको निवेदनका आधारमा खोजी गर्दा जेठ महिनाको अवधिमा फेला परेका मोबाइलहरू सम्बन्धित व्यक्तिलाई बुझाइएको छ ।
मोबाइल हराएको भन्दै सेवाग्राहीहरूले जिल्ला प्रहरी परिसर काठमाडौंमा दिएको निवेदनपछि प्रहरीले प्राविधिक तथा अनुसन्धानात्मक विधिबाट खोजतलास अघि बढाएको थियो । सोही क्रममा विभिन्न स्थानबाट फेला परेका मोबाइलहरू आवश्यक प्रमाण र स्वामित्व पुष्टि गरी धनीलाई हस्तान्तरण गरिएको हो ।
फेला परेका मोबाइल पाउँदा सम्बन्धित धनीहरूले प्रहरीप्रति आभार व्यक्त गरेका छन् । उनीहरूले हराइसकेको मोबाइल फिर्ता पाउँदा राहत महसुस भएको बताएका छन् । Ganga River Dhan Shing
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


