कोशी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी डिआईजी शेखर खनालले पाए
गृह मन्त्रालयको निर्णयअनुसार सुनसरी घटनापछि कोशी प्रदेशको प्रहरी प्रमुख (डिआइजी) को जिम्मेवारी शेखर खनाललाई दिइएको छ।
प्रहरी प्रधान कार्यालयमा कार्यरत रहेका डिआइजी खनाललाई प्रदेश प्रहरीको कमाण्ड सम्हाल्नका लागि पठाइएको हो।

