प्रहरी निरीक्षक सन्तोष न्यौपाने ‘सर्वोत्कृष्ट जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख’ घोषित
नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (POLICE BATON)–२०८३ मा जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङ प्रथम हुँदै ‘पुलिस ब्याटन’ प्राप्त गर्न सफल भएको छ। उक्त उपलब्धिमा नेतृत्वदायी भूमिका निर्वाह गरेका कार्यालय प्रमुख प्रहरी निरीक्षक सन्तोष न्यौपाने ‘सर्वोत्कृष्ट जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख’ घोषित भएका छन्।
७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी निरीक्षक न्यौपानेलाई प्रशंसापत्र प्रदान गरी सम्मान गरेका हुन्।

