इलाका प्रहरी कार्यालय रुद्रपुरको आयोजनामा अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवस भव्यताका साथ सम्पन्न
इलाका प्रहरी कार्यालय रुद्रपुर्, रूपन्देहीको आयोजनामा कञ्चन गाउँपालिका र सुनगाभा सामुदायिक विकास केन्द्रको सहकार्यमा जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीको अध्यक्षता र कञ्चन गाउपालिकाका अध्यक्ष नवराज ढकालज्यूको प्रमुख आतिथ्यता र कञ्चन गाउँपालिकाको उपाध्यक्ष मौसमी थापा मगर र रूपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालको विशिष्ट आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो।
कञ्चन गाउँपालिका भित्रका ३० वटा भन्दा बढी विद्यालयका प्रधानाध्यापकहरू, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरू, क्लब, आमा समूह, टोल सुधार समिति, हरैया बहुमुखी क्याम्पसका स्नातक तहका विद्यार्थीहरू, पत्रकार, बुद्धिजीवी लगायतका करिब ४०० जनाभन्दा बढी व्यक्तिहरूको सक्रिय सहभागितामा मानव बेचबिखन तथा मानव तस्करी सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न ।

