प्रहरी जवानबाट इन्स्पेक्टर बन्न सफल भएका कमलेश पासवानलाई हार्दिक बधाई तथा सफलताको शुभकामना!
प्रहरी जवानको रूपमा सेवामा प्रवेश गरेर आज प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदमा नाम निकाल्न सफल हुनु पक्कै पनि सामान्य उपलब्धि होइन। यो अत्यन्तै गर्व, ठूलो सङ्घर्ष, निरन्तरको मेहनत र उच्च कार्यकुशलताको प्रतिफल हो ।
यो सफलताले सेवामा रहेका अन्य हजारौँ जवान तथा हवल्दारहरूमा “हामी पनि मेहनत गरेर अगाडि बढ्न सक्छौँ” भन्ने ठूलो ऊर्जा, विश्वास र सकारात्मक प्रेरणा जगाउँछ।

