“सडक सुरक्षा हामी सबैको साझा जिम्मेवारी” अन्तर्गत ट्राफिक सचेतना कार्यक्रम गर्दै एसपी नवराज कार्की
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, कैलालीका प्रमुख एसपी नवराज कार्कीको उपस्थितिमा जिल्ला कैलाली गोदावरी नगरपालिका वडा नं. १ अत्तरिया स्थित गोदावरी नगरपालिका अन्तर्गत रहेका विभिन्न सामुदायिक विद्यालयहरूमा अध्ययनरत नेपाल स्काउटका विद्यार्थीहरूको सहयोगमा सडक दुर्घटना न्यूनीकरण तथा पैदलयात्रीलाई सुरक्षित रूपमा सडक पार गर्न सचेत गराउने उद्देश्यले जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ ।
कार्यक्रममार्फत पैदलयात्रीलाई जेब्राक्रसिङबाट मात्र सडक पार गर्न, ट्राफिक नियमको पालना गर्न तथा सडकमा हिँड्दा र सवारी साधन चलाउँदा आवश्यक सावधानी अपनाउन सचेत गराइएको थियो ।
सडकमा केही सेकेन्डको हतारले जीवनभरको क्षति निम्त्याउन सक्छ । त्यसैले सडक पार गर्दा हतार नगरौँ, जेब्राक्रसिङको प्रयोग गरौँ र ट्राफिक नियमको सम्मान गरौँ ।

