डिएसपी नरहरी अधिकारी साउन महिनाको उत्कृष्ट प्रहरी घोषित तथा पुरस्कृत हुन सफल
लुम्बिनी प्रदेश अन्तर्गत जिल्ला प्रहरी कार्यालय, प्युठानका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीलाई २०८३ साउन महिनाको उत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) छनोट गरी पुरस्कृत गरिएको छ ।
लुम्बिनी प्रदेशका डिआइजी भूपेन्द्र खत्रीले डिएसपी नरहरी अधिकारीलाई संगठनको नीति-निर्देशन बमोजिम आफूलाई सुम्पिएको जिम्मेवारी व्यावसायिक रूपमा पूरा गर्ने र अपराध नियन्त्रणमा योगदान रहेको भन्दै उत्कृष्ट प्रहरी घोषित गरी पुरस्कृत समेत गरेका छन्।

