प्रहरी श्रीमती संघको आयोजनामा पशुपति मन्दिरमा निःशुल्क स्वास्थ्य शिविर तथा खानेपानी वितरण कार्यक्रम
नेपाल प्रहरी श्रीमती संघको आयोजना तथा नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाडौंको प्राविधिक सहयोगमा श्रावण महिनाको तेस्रो सोमबार श्रीपशुपतिनाथ मन्दिरमा पाल्नु हुने भक्तजनहरुलाई लक्षित गरी नि:शुल्क स्वास्थ्य शिविर तथा खानेपानी वितरण कार्यक्रम सम्पन्न ।
प्रहरी श्रीमती संघकी अध्यक्ष नविना खत्री कार्कीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको समेत उपस्थिति रहेको थियो भने संघका कार्यसमिति पदाधिकारी आसरा सुधार केन्द्र रानीबारीका पदाधिकारीहरु र प्रहरी कर्मचारीहरु समेतको उपस्थिति रहेको थियो ।

