२४ सै घण्टा सडकमा खटिने ट्राफिक प्रहरीलाई कडा निर्देशन दिनुहुँदै एसपी नरेशराज सुवेदी
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश राज सुवेदीले ट्राफिक प्रहरी कर्मचारीहरूलाई रोलकल (Roll Call) लिँदै दैनिक कार्यसम्पादन, अनुशासन, सेवा प्रवाह, र व्यावसायिक आचरण चुस्त राख्न विशेष निर्देशन दिनुभएको छ ।
सडकमा खटिने ट्राफिक प्रहरीहरू आम नागरिकसँग प्रत्यक्ष जोडिने भएकाले उनीहरूको व्यवहारले समग्र सङ्गठनको छवि झल्काउने कुरालाई जोड दिँदै निर्देशन दिनुभएको छ ।
निर्देशनको क्रममा एसपी सुवेदीले सडकमा चालक वा सेवाग्राहीसँग कुराकानी गर्दा अनिवार्य रूपमा आदरपूर्वक टाढैबाट ‘नमस्ते’ गरेर संवाद गर्ने ।
उच्च अनुशासन र व्यावसायिक आचरण: ड्युटीको समयमा पूर्ण अनुशासनमा रहने र व्यक्तिगत आचरणलाई मर्यादित बनाएर सङ्गठनको गरिमा उच्च राख्ने।
सडकमा नागरिकलाई दुःख नहुने गरी छिटो, छरितो र पारदर्शी रूपमा सेवा प्रदान गर्ने र सडक सुरक्षा र निगरानीका लागि उपलब्ध गराइएका नयाँ प्रविधि (जस्तै: भिडियो वाकीटॉकी, बडी वोर्न क्यामेरा) को पूर्ण र सही प्रयोग गर्ने निर्देशन दिनुभएको छ ।
२४ सै घण्टा सडकमा खटिने ट्राफिक प्रहरीलाई कडा निर्देशन दिनुहुँदै एसपी नरेशराज सुवेदी

