डिआईजी भट्टराईद्वारा जिल्ला प्रहरी कार्यालय बैतडी र इलाका प्रहरी कार्यालय पाटनको निरीक्षण
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सानुराम भट्टराईले जिल्ला प्रहरी कार्यालय बैतडी र इलाका प्रहरी कार्यालय पाटनको निरीक्षण गर्नुभएको छ।
उक्त अवसरमा उहाँले कार्यालयको समग्र सुरक्षा अवस्था, शान्ति सुरक्षाको वर्तमान अवस्था तथा सेवा प्रवाहबारे जानकारी लिनुका साथै प्रहरी कर्मचारीहरूलाई व्यावसायिक, अनुशासित र जनउत्तरदायी भई कार्यसम्पादन गर्न निर्देशन दिनुभएको छ। साथै वर्षायाममा हुन सक्ने विपद् तथा अन्य आकस्मिक घटनाको प्रभावकारी व्यवस्थापनका लागि आवश्यक पूर्वतयारी अवस्थामा रही कुनै पनि घटना भएमा तत्काल परिचालन हुन निर्देशन दिनुभएको छ।

