एसपी नवराज कार्कीद्वारा जिल्ला ट्राफिक प्रहरी डडेल्धुराको निरीक्षण तथा प्रहरी कर्मचारीलाई निर्देशन
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया, कैलालीका प्रमुख उपरीक्षक नवराज कार्कीद्वारा जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराको निरीक्षण तथा ब्रिफिङ गर्नुभएको छ।
उक्त अवसरमा उहाँले प्रहरी कर्मचारीहरूलाई समयसापेक्ष, जनमुखी तथा परिणाममुखी सेवा प्रवाह गर्न, अनुशासित र शिष्ट भई सेवा भावका साथ प्रभावकारी ट्राफिक व्यवस्थापन गर्न र दुर्घटना न्युनिकरणका लागि जिम्मेवार भई सडकमा खटिन आवश्यक निर्देशन दिनुभएको छ।

