डिआईजी शेखर खनालद्वारा आसरा सुधार केन्द्र पानबारी, धरानको निरीक्षण
कोशी प्रदेश प्रहरी प्रमुख डिआईजी शेखर खनालले आज आसरा सुधार केन्द्र, पानबारी धरानको निरीक्षण तथा अनुगमन गर्नुको साथै कार्यरत कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनु भएको छ ।
निर्देशनको क्रममा वँहाले मानवीय, मर्यादित, सम्मानजनक र सहानुभूतिपूर्ण व्यवहारले उपचार पद्दतिलाई सहज बनाई समाजमा पुनःस्थापनाको बातावरण श्रृजना गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने हुँदा सुधार केन्द्रमा रहेका सुधारार्थीहरुको शारीरिक तथा मानसिक तन्दुरुस्ती राख्न बिभिन्न खेलकुदका क्रृयाकलापहरुमा सहभागी गराउनका साथै व्यावसायिक तथा सीपमूलक तालिमहरूको व्यवस्था मिलाउन निर्देशन दिनु भएको छ ।
उहाँले सुधार केन्द्रको चौतर्फी सुरक्षा व्यवस्थालाई मजबुत बनाउन तथा अभिलेख व्यवस्थापनलाई व्यवस्थित बनाई सुधार केन्द्रलाई जिम्मेवार, सुरक्षित र प्रभावकारी सेवा केन्द्रका रूपमा सञ्चालन गर्न समेत निर्देशन दिनु भयो ।

