एआईजी सुशील सिंह राठौरको प्रमुख आतिथ्यतामा ट्राफिक प्रहरीहरूसँग अन्तरक्रिया
काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख एआईजी सुशील सिंह राठौरको प्रमुख आतिथ्यतामा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा संचालित “ट्राफिक नियन्त्रण तथा रेखा चित्रण (प्र.ज. देखि जु.प्र.अ.) तालिम दोस्रो समुह” को अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न ।
कार्यक्रममा एआईजी सुशील सिंह राठौरले ट्राफिक प्रहरीको छवि उच्च हुँदा सिङ्गो नेपाल प्रहरी सङ्गठनकै प्रतिष्ठा र सान बढ्ने कुरामा जोड दिनुभएको छ ।

