शक्तिमा हुँदा नजिकिने र स्वार्थ पूरा नभएपछि वा परिस्थिति बदलिएपछि विरुद्धमा लाग्ने बिचौलियाहरूको कमी छैन हाम्रो समाजमा
आईजीपी दान कार्की प्रहरी संगठनको नेतृत्व (आईजीपी) जस्तो शक्तिशाली पदमा पुग्दा बधाई दिने, खादा-माला लगाइदिने नजिक हुने र फोटो खिच्नेहरूको भिड धेरै नै देखेको थिएँ। तर पदमा बसिसकेपछि जब संगठन प्रमुखले आफ्नो व्यावसायिकता र कानुन कार्यान्वयनमा सम्झौता गरेनन्, तब स्वार्थ समूहहरू रुष्ट हुने र उनकै विरुद्धमा षड्यन्त्र गर्न थालेका छन्।
शक्ति र पदमा हुँदा नजिकिने र स्वार्थ पूरा नहँदा वा विवादमा पर्दाविरोधी कित्तामा उभिने चरित्रलाई धेरैले अवसरवादी सोचका रूपमा हेर्ने गरेका छन्।सुरक्षा निकाय जस्तो संवेदनशील र पेसागत संगठनको प्रमुखलाई विवादमा तानेर फाइदा लिन खोज्ने समूह वा बिचौलियाहरूको सक्रियता समय-समयमा देखिने गरेको छ ।
प्रहरी नेतृत्व र संगठनको छवि धुमिल पार्न सक्रिय रहने बिचौलियाहरूको चलखेलप्रति सचेत हुन र त्यस्ता गतिविधि विरुद्ध कडा कदम चाल्न आवश्यक छ। नेपाल प्रहरी जस्तो संवेदनशील निकायको प्रमुख (आईजीपी) र समग्र संगठनलाई विवादमा तान्ने नियतले गरिने भ्रामक प्रचार, ब्ल्याकमेलिङ र अनुचित प्रभाव पार्ने प्रयासहरूले विधिको शासनलाई कमजोर बनाउँछन्।
शक्तिको पछि लाग्ने विचौलिया र स्वार्थ समूहहरूले आफ्नो स्वार्थ पूरा नहुँदा प्रहरी प्रमुख नेतृत्वलाई कमजोर बनाउन वा विवादमा तान्न अनेकौँ हत्कण्डाहरू अपनाउने गरेका छन्

