नेपाल प्रहरी शिक्षालयद्वारा “समुदायसँग प्रहरी कार्यक्रम” अन्तर्गत “विद्यार्थीसंग एक दिन”
नेपाल प्रहरी शिक्षालय भरतपुर चितवनमा “समुदायसँग प्रहरी कार्यक्रम” अन्तर्गत Narayani Public English School मा अध्ययनरत कक्षा ९ र १० का छात्राहरुको सहभागितामा “विद्यार्थीसंग एक दिन” कार्यक्रम सम्पन्न गरिएको छ ।
उक्त कार्यक्रममा शिक्षालयकी प्रमुख एसएसपी तारा देवी थापाले नेपाल प्रहरी संगठनमा महिला सहभगिता, चुनौती र अवसर लगायतका विषयमा प्रेरणादायी अनुभव तथा बिचार राख्नुका साथै छात्राहरुबाट आएका जिज्ञासाहरुको जवाफ दिनुभएको थियो।
विद्यार्थीहरुलाई प्रहरीप्रति सकारात्मक धारणा विकास गराउंदै प्रेरित गर्न शिक्षालयको अवलोकन गराउंनुका साथै छोटो कवाज ड्रिल समेत देखाइएको थियो।

