पुलिस ब्याटनमा प्रथम हुँदै एसएसपी ज्ञानेन्द्र प्रसाद फुयाँल ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी कार्यालय प्रमुख’ घोषित
नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (POLICE BATON)–२०८३ मा नेपाल प्रहरी प्रदेश कार्यालयहरूमध्ये प्रथम स्थान हासिल गर्दै नेपाल प्रहरी प्रदेश कार्यालय धरान, सुनसरीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ज्ञानेन्द्र प्रसाद फुयाँल ‘सर्वोत्कृष्ट नेपाल प्रहरी प्रदेश कार्यालय प्रमुख’ घोषित भएका छन्।
७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले फुयाँललाई प्रशंसापत्र प्रदान गर्दै सम्मान गरेका हुन्।
कार्यालय प्रमुखको जिम्मेवारीमा रहँदा प्रदर्शन गरेको व्यावसायिकता, निष्ठा, मातहतका प्रहरी कार्यालयको प्रभावकारी परिचालन, कार्यकुशलता तथा समग्र कार्यसम्पादनको मूल्याङ्कनका आधारमा फुयाँल उक्त प्रतिष्ठित सम्मान प्राप्त गर्न सफल भएका हुन्।
यस उल्लेखनीय उपलब्धिका लागि एसएसपी ज्ञानेन्द्र प्रसाद फुयाँललाई हार्दिक बधाई तथा आगामी दिनमा थप सफलता र उत्कृष्ट कार्यसम्पादनको शुभकामना!

