डिएसपी अनिल राज गिरीद्वारा साप्ताहिक निरीक्षण एवम् निर्देशन कार्यक्रम सम्पन्न
जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख डिएसपी अनिल राज गिरीले कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, कार्यालयको सम्पुर्ण शाखा, हिरासत कक्ष, ब्यारेक, मेश लगायतको निरीक्षण गर्नु भई प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशन दिनुभएको छ ।
निरीक्षणका क्रममा डिएसपी गिरीले कार्यालय अनुशासन, व्यावसायीक दक्षता, सेवा प्रवाह तथा संगठनात्मक प्रभावकारिता अभिवृद्धिका विषयमा आवश्यक निर्देशन एवं मार्गदर्शन प्रदान गर्नुका साथै निरीक्षणमा व्यक्तिगत टर्नआउट तर्फ उत्कृष्ट हुने प्रहरी कर्मचारीहरुलाई प्रोत्साहन स्वरुप पुरस्कार समेत वितरण गर्नु भई कार्यक्रम सम्पन्न भएको थियो ।

