यात्रुसँग अत्यधिक मूल्य असुल्ने विराटनगर विमानस्थलभित्रका चार होटेललाई १२ लाख जरिवाना
अनुमगन टोलीले उपभोक्त्ता हित विरुद्धको कसुरमा जनही ३ लाख रुपैयाँ जरिवाना गर्यो
अनुमगनका क्रममा यात्रुहरूसँग तोकिएको भन्दा दोब्बरदेखि तेब्बर बढी मूल्य असुल्ने गरेको पाइएपछि विराटनगर विमानस्थलभित्र सञ्चालन भइरहेका ममता होटेल, ग्यालेक्सी क्याफे एन्ड होटेल, गरिमा क्याफे र अनुकूल होटेल एन्ड भान्साघरलाई संयुक्त अनुमगन टोलीले उपभोक्ता हितविरुद्धको कसुरमा जनही तीन लाख रुपैयाँ जरिवाना गरेको छ ।

