आईजीपी दान कार्कीको प्रमुख आतिथ्यमा नेपाल प्रहरी सशस्त्र प्रहरी गण १ को ५७ औं वार्षिकोत्सव कार्यक्रम
नेपाल प्रहरीका आइजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा नेपाल प्रहरी सशस्त्र प्रहरी गण नं. १, नक्सालको ५७ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा प्रहरी प्रधान कार्यालयका कार्य विभागका प्रमुख एआईजी उमा प्रसाद चतुर्वेदी, डिआईजीहरु तथा अन्य सिनियर प्रहरी अधिकृत र सकल दर्जाका प्रहरी कर्मचारीद्वारा गणबाट ५७ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको साँस्कृतिक कार्यक्रम दृश्यावोलोकन गर्नु भएको थियो ।
साथै उक्त कार्यक्रममा आईजीपी कार्कीले वर्ष उत्कृष्ट प्रहरी २०८२ हुन सफल प्रहरी सहायक निरीक्षक राजेश नेपालीलाई प्रमाण पत्र वितरण गर्नुभएको थियो ।
अन्त्यमा गण दिवसको शुभकामना सन्देश प्रदान गर्नु भयो, साथै गण दिवसको अवसरमा आईजीपीले केक काटी हर्षोल्लासको साथ ५७ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरियो ।
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


