एसएसपी दिलिप घिमिरेले प्रहरी प्रभाग गङ्गबुको निरीक्षण तथा कर्मचारीहरुलाई निर्देशन
काठमाडौंको प्रमुखको जिम्मेवारी सम्हालेलगत्तै एसएसपी दिलिप घिमिरेले आज प्रहरी प्रभाग गोंगबुको निरीक्षण गरेर त्यहाँ कार्यरत प्रहरी कर्मचारीलाई निर्देशन समेत दिएका छन्।
एसएसपी घिमिरेले गोंगबु क्षेत्रको शान्ति सुरक्षा, अपराध नियन्त्रण र प्रभागबाट सम्पादन हुने दैनिक कार्यको अवलोकन गर्दै कर्मचारीहरूलाई नागरिकमैत्री सेवा प्रवाह गर्न र व्यावसायिक रूपमा जिम्मेवार बन्न निर्देशन दिएका छन्।
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


