डिआईजी ओम अधिकारीद्वारा दुर्गा भगवती मन्दिरको विधिवत रुपमा समुद्घाटन कार्यक्रममा सम्पन्न
नेपाल प्रहरी विशेष सुरक्षा गण ढल्केवर, धनुषाको लालगढ स्थित जग्गामा निर्माण सम्पन्न भएको श्री दुर्गा भगवती मन्दिरको सोमबार मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख डिआईजी ओम प्रसाद अधिकारीले विधिवत रुपमा समुद्घाटन गर्नुभएको छ।
उक्त उद्घाटन समारोहमा नेपाल प्रहरी प्रदेश कार्यालय वीरगन्ज, पर्साका प्रमुख एसएसपी कृष्ण बहादुर पल्लिमगर लगायत अन्य प्रहरी अधिकृत तथा जवानहरू, स्थानीय जनप्रतिनिधि, भद्रभलाद्मी र आम नागरिकहरूको ठुलो उपस्थिति रहेको थियो।
यो नयाँ मन्दिर निर्माणले प्रहरी गण र स्थानीय समुदायबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास गरिएको छ।

