आईजीपी दान कार्कीद्वारा “अपराध अनुसन्धान तालिम (सि.प्र.अ.)” १०२ औं समूहका प्रशिक्षार्थीहरूसँग अन्तरक्रिया
नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालय, महाराजगञ्जमा सञ्चालन भइरहेको “अपराध अनुसन्धान तालिम (सि.प्र.अ.)” १०२ औं समूहका प्रशिक्षार्थीहरूसँग प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले अन्तरक्रिया गर्नुभएको छ।
आईजीपी कार्कीले नेपाल प्रहरीसँग हरेक अपराधको संस्थागत स्मरण रहने भएकाले अपराधीहरू जुनसुकै समयमा पनि कानुनी दायरामा आउने कुरा स्पष्ट पार्नुभयो। व्यक्तिको सम्झना कमजोर हुन सक्ने तर प्रहरी संस्थाले अपराध कहिल्यै नबिर्सने दृढता व्यक्त गर्नुभयो।

