टोले गुण्डाको नामले चिनिएका श्याम लामा पक्राउ
गुण्डागर्दीको आरोपमा एकजनालाई पक्राउ गरेको छ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-५ बाट टोले गुण्डागर्दीसम्बन्धी कसुरमा एक व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-६ स्थायी ठेगाना भई हाल कागेश्वरी मनोहरा-५ बस्ने ३७ वर्षीय श्याम लामा भन्ने श्यामबहादुर तामाङ छन् ।
प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनलाई बिहीबार मध्याह्न १२:०० बजेको समयमा नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार अनुसन्धानका क्रममा तामाङ यसअघि पनि विभिन्न मुद्दामा पक्राउ परेको खुलेको छ । उनी २०७०/४/३० गते प्रहरी परिसर भक्तपुरबाट अपहरण तथा शरीर बन्धक मुद्दामा, मिति २०७५/११/१९ गते इलाका प्रहरी कार्यालय मेलम्चीबाट अभद्र व्यवहार मुद्दामा, मिति २०७९/११/८ र २०८०/४/१७ गते प्रहरी वृत्त बौद्धबाट अभद्र व्यवहारसम्बन्धी मुद्दामा समेत पक्राउ परेका प्रहरीले जनाएको छ ।
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


