सुदूरपश्चिम प्रदेश प्रहरी र निसर्ग हस्पिटलबीच स्वास्थ्य उपचारमा २५ प्रतिशत छुट सुविधा सम्बन्धी सम्झौता
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, कैलालीमा आयोजित एक विशेष कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ओम बहादुर राना र निसर्ग हस्पिटल एण्ड रिसर्च प्रा.लि., धनगढी, कैलालीका अध्यक्ष श्री तीर्थराज पन्त बीच सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
उक्त सम्झौताअनुसार बहालवाला तथा अवकाशप्राप्त प्रहरी कर्मचारी, निजका आश्रित परिवारका सदस्य तथा अमर/अशक्त प्रहरी परिवारलाई निसर्ग हस्पिटल एण्ड रिसर्च प्रा.लि.बाट प्रदान गरिने औषधि तथा उपचार सेवामा २५ प्रतिशत छुट उपलब्ध गराइने व्यवस्था गरिएको छ । उक्त सम्झौताले प्रहरी कर्मचारी तथा उनीहरूका परिवारजनलाई गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न थप सहजता प्रदान गर्ने विश्वास लिइएको छ ।

