एआईजी सहितको टोलीद्वारा निर्माणाधीन एकेडेमीको स्थलगत भ्रमण तथा अनुगमन
भारत सरकारको अनुदान सहयोगमा काभ्रेको पनौतीस्थित दलिन्चोकमा निर्माण हुँदै गरेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजनाको स्थलगत भ्रमण तथा अनुगमन कार्यक्रम, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एआईजी शिद्धी बिक्रम शाह, गृह मन्त्रालयका सह-सचिव सुमन घिमिरे तथा भारत सरकार परराष्ट्र मन्त्रालय सह-सचिव प्रियंका चौहनको आतिथ्यतामा सम्पन्न ।
उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ई. रामकुमार चौधरी, भारतिय राजदुतावासका काउन्सेलर अविनाश कुमार सिंह, प्रहरी वरिष्ट उपरीक्षक आ. हरि डङ्गोलज्यू, भारतिय राजदुतावासका प्रतिनिधिज्यूहरु, परियोजनाका भारतीय परामर्शदाता Central Public Works Department (CPWD) का ईन्जिनियरहरु, निर्माण व्यवसायी ACIL-RCPL JV का प्राविधिक तथा प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।

