एआईजी उमा चतुर्वेदीद्वारा जि.प्र.का चितवनको निरीक्षण तथा प्रहरीलाई निर्देशन
नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख एआईजी उमा प्रसाद चतुर्वेदीद्वारा जिल्ला प्रहरी कार्यालय चितवनको निरीक्षण गर्नुभएको त्यहाँ कार्यरत प्रहरी कर्मचारीलाई निर्देशन समेत दिनुभएको छन ।
उक्त निरीक्षणको क्रममा बागमती प्रदेश प्रहरी कार्यालयका डिआईजी दिपक रेग्मी, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका एसपी डिल्ली नारायण पाण्डे र चितवन जिल्लाका एसपी रामेश्वर पौडेलको उपस्थितिमा उक्त कार्यालयको सम्पुर्ण शाखाको अनुगमन निरीक्षण गर्नु भई यस कार्यालय तथा मातहत इकाईका प्रमुख प्रहरी कर्मचारीहरुलाई आवश्यक नीति निर्देशन तथा ब्रिफिङ्ग कार्यक्रम सु-सम्पन्न भयो ।

