एसपी रंजित सिंह राठौरले इलाका प्रहरी कार्यालय चापाकोटको अनुगमन तथा निरीक्षण
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका कार्यालय प्रमुख एसपी रंजित सिंह राठौरले इलाका प्रहरी कार्यालय चापाकोट स्याङ्जाको अनुगमन तथा निरीक्षण सम्पन्न गर्नुभई कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशन समेत दिनुभयो ।
उक्त कार्यक्रममा निर्देशन सम्बोधन दिनुहुदै उहाँले संगठनको छवि उच्च राखी उच्च मनोबलका साथ सेवाग्राहीले छिटो छरितो सेवा प्राप्त गर्ने गरी सेवा प्रवाह गर्न निर्देशन दिनुभयो ।
साथै, जिम्मेवारी क्षेत्रभित्र हुने आपराधिक क्षेत्रको पहिचान गरी सम्बन्धित सरोकारवाला निकायहरूसँग समन्वय गर्दै समाधानमुखी कार्य गर्न, नागरिकको ज्युधनको सुरक्षा र ट्राफिक व्यवस्थापन सुरक्षा सुदृढ बनाउन समेत निर्देशन दिनुभएको थियो। Ranjit Singh Rathour

