एसएसपी तुला कार्कीद्वारा स्वागत, बिदाई तथा दर्ज्यानी चिन्ह सु-शोभन कार्यक्रम
जिल्ला प्रहरी कार्यालय ललितपुरका एसएसपी तुलाबहादुर कार्कीले सरुवा भएर उक्त कार्यालयमा हाजिर भएका डिएसपीलाई स्वागत तथा बढुवा भएका प्रहरी कर्मचारीलाई दर्जनी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्साल काठमाडौंको पत्रादेशानुसार प्राविधिक प्रहरी समूह तर्फका प्रहरी बरिष्ट हवल्दार पदबाट प्रहरी सहायक निरीक्षक पदमा पदोन्नति हुनु भएको प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन र सरुवा भई आउनु भएको प्रहरी नायव उपरीक्षक अर्जुन के.सीलाई स्वागत तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय हेटौडा, मकवनपुर सरुवा भई जान लाग्नु भएका प्रहरी निरीक्षक रमेश बिष्टलाई बिदाई गर्नु हुँदै प्रहरी वरिष्ठ उपरीक्षक तुल बहादुर कार्की ।

