डिआईजी दिपेन्द्र जि.सीद्वारा बढुवा भएका कर्मचारीहरूलाई दर्ज्यानी चिन्ह प्रदान
गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरिक्षक दिपेन्द्र जि.सी.ले आज एक कार्यक्रमका बीच बढुवा भएका प्रहरी कर्मचारीहरूलाई दर्जनी चिन्ह प्रदान गरी कार्य सफलताको शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रहरी प्रधान कार्यालय, मानवश्रोत एवं प्रशासन विभागको नियमित बढुवा तथा पदस्थापन प्रक्रियामा प्राविधिक प्रहरी समूह तर्फ प्रहरी नायव निरीक्षक पदबाट प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा, प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा र प्रहरी वरिष्ठ हवल्दार पदबाट प्रहरी सहायक निरीक्षक पदमा वढुवा तथा पदस्थापन हुनुभएका प्रहरी अधिकृतहरुलाई दर्ज्यानी चिन्ह शुशोभन कार्यक्रम सम्पन्न भएको छ ।

