एसएसपी तारा थापाद्वारा उत्कृष्ट कार्य गर्ने प्रहरीलाई पुरस्कृत तथा “दर्ज्यानी चिन्ह सु–शोभन”
एसएसपी तारादेवी थापाद्वारा नेपाल प्रहरी शिक्षालय, भरतपुरमा आयोजित विशेष कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन, लगनशीलता तथा व्यावसायिक योगदानको उच्च मूल्याङ्कन गर्दै प्रहरी वरिष्ठ हवल्दार तारा बहादुर वि.क.लाई जेठ महिनाको “उत्कृष्ट प्रशिक्षक घोषणा गरी प्रशंसापत्र प्रदान ।
साथै प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा बढुवा हुनु भएका यस शिक्षालयमा कार्यरत डिल बहादुर पोखरेललाई दर्ज्यानी चिन्हद्वारा सु–शोभन गरी बधाई तथा शुभकामना प्रदान गरिएको ।

