मोरङका ट्राफिक प्रमुख इन्सपेक्टर सन्तोष न्यौपाने जेठ “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषित
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी निरीक्षक सन्तोष न्यौपानेलाई जेठ “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषित ।
विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो पदीय कर्तव्य निर्वाह गर्ने क्रममा प्रहरी निरीक्षक सन्तोष न्यौपानेले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको प्रमुखको रुपमा कार्यरत रही सवारी दुर्घटना न्यूनीकरणको लागि चालक/परिचालकहरुको विस्तृत स्वास्थ्य परीक्षण, ला.प.से./मा.प.से.चेकजाँच, नियम उल्लंघन गर्ने चालक/परिचालकहरुलाई कारवाहीको दायरामा ल्याएको, सिटी सफारीलाई सुरक्षित, अनुशासित र मर्यादित बनाउन “सुरक्षित चालक” अभियानको सुरुवात गरेको, कार्यालयमा आउने सेवाग्राहीको लागि कार्यालय परिसरमा प्रतिक्षालय निर्माण गरेको, ट्राफिक र पार्किङ व्यवस्थापनको लागि सरोकारवाला निकायहरुसँग समन्वय गरी ह्विल लक, चेन लक, No Parking बोर्ड, ट्राफिक कोन, व्यारिकेडर, रिफ्लेक्टिभ ज्याकेटहरु प्रयोगमा ल्याई ट्राफिक प्रहरी कार्यमा प्रभावकारिता ल्याएको, समुदाय स्तरमा निरन्तररुपमा ट्राफिक सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गरेको, Gen-Z आन्दोलनको क्रममा क्षति भएका ट्राफिक लाइट, Warning Solar Light समेत जडान गरी ट्राफिक व्यवस्थापन गर्ने कार्यमा उल्लेखनीय भूमिका निर्वाह गरी सवारी आवागमन व्यवस्थापनमा उत्कृष्ट कार्य गरेको हुँदा इन्सपेक्टर न्यौपानेले गरेको सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै २०८३ साल जेठ महिनाको “सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको हो ।

