इन्स्पेक्टर अचुत गिरी जेठ महिनाको उत्कृष्ट प्रहरी घोषित तथा पुरस्कृत
लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआइजी भूपेन्द्र खत्रीले उत्कृष्ट कार्यसम्पादन गर्न सफल इलाका प्रहरी कार्यालय मैनापोखरीमा कार्यरत इन्सपेक्टर अचुत गिरीलाई जेठ महिनाको उत्कृष्ट प्रहरी घोषित गरी पुरस्कृत समेत गरेका छन् ।
प्रहरी कर्मचारीहरुलाई चुस्त दुरुस्त रुपमा परिचालन तथा व्यवस्थापन गरी भन्सार चोरी पैठारी नियन्त्रण, अपराध नियनत्रण तथा अनुसन्धान, जनचेतना अभिवृद्धि तथा फैसला कार्यान्वयनको क्षेत्रमा इन्स्पेक्टर अचुत गिरीले गर्नुभएको महत्त्वपूर्ण एवम् उल्लेखनीय कार्यहरुको कदर गर्दै इन्स्पेक्टर गिरीलाई २०८३ साल जेठ महिनाको उत्कृष्ठ प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको छ ।
उत्कृष्ठ प्रदेश प्रहरी छनौट हुनु भएकोमा हार्दिक बधाई छ । Achyut Giri

