एसपी टेक कार्कीले बढुवा भएकालाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुका साथै आवश्यक विभागीय निर्देश दिनुभयो
नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको चलानी पत्रअनुसार प्राविधिक प्रहरी सहायक निरीक्षक पदबाट प्राविधिक प्रहरी नायब निरीक्षक पदमा बढुवा हुनु भएका प्रहरी नायब निरीक्षक तेज बहादुर चौधरीलाई र प्राविधिक प्रहरी वरिष्ठ हवल्दार पदबाट प्राविधिक प्रहरी सहायक निरीक्षक पदमा बढुवा हुनु भएका प्राविधिक प्रहरी सहायक निरीक्षक इवु राज कुँवरलाई जिल्ला प्रहरी कार्यालय तनहुका प्रहरी प्रमुख एसपी टेक बहादुर कार्कीज्यूले दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुका साथै उपस्थित सम्पूर्ण प्र.क हरुलाई आवश्यक विभागीय निर्देशन समेत दिनु भएको छ । Tek Karki

