रोशी खोलामा आएको बाढीले बगाएर वृद्धको मृत्यु
रोशी गाउँपालिका– ७, कटुन्जेबेँसीका करिब ७५ वर्षीय मोतीमान पाख्रिनको खोलाले बगाएर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय काभ्रेको अनुसार पाख्रिनलाई सोमबार दिउँसो रोशी गाउँपालिका ७ रोशी भिलेजनजिकैबाट खोला तर्ने क्रममा बगाएको थियो। सूचना पाएपछि इलाका प्रहरी कार्यालय मंगलटारबाट इन्सपेक्टर निकिता मिश्रको टोलीले खोजतलासका क्रममा रोशी– ८ गिम्दीबेँसीस्थित खोलाको किनारमा पाख्रिनलाई मृत अवस्थामा फेला पारेको हो।

