ललितपुरमा ७१औँ प्रहरी दिवस–२०८३ विविध कार्यक्रमका साथ मनाइएको छ।
ललितपुरस्थित प्रहरी कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नरहरी घिमिरेको प्रमुख आतिथ्यता तथा कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) तुलबहादुर कार्कीको अध्यक्षता रहेको थियो।
कार्यक्रममा अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण, अमर प्रहरीप्रति मौनधारण तथा शोक सलामी अर्पण गरिएको थियो। कार्यक्रममा जिल्ला सुरक्षा समितिका पदाधिकारी, प्रहरी अधिकृत तथा जवानहरूको सहभागिता रहेको थियो।
सो अवसरमा प्रहरी उपरीक्षक गौतम मिश्रले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीको शुभकामना सन्देश वाचन गरी सुनाउनुभएको थियो। प्रमुख अतिथि घिमिरेले शुभकामना मन्तव्य राख्नुभएको कार्यक्रममा कार्यालय प्रमुख एसएसपी कार्कीले धन्यवाद ज्ञापन गर्नुभएपछि कार्यक्रम सम्पन्न भएको थियो।

