प्रहरी निरीक्षक हिमाल तामाङ असोज महिनाको ‘Police of the Month’ घोषित
प्रहरी प्रभाग इमाडोलका कार्यालय प्रमुख प्रहरी निरीक्षक हिमाल तामाङ २०८३ साल असोज महिनाको ‘Police of the Month’ घोषित भएका छन्।
आफ्नो कार्यक्षेत्रमा शान्ति सुरक्षा कायम गर्ने तथा फरार प्रतिवादी पक्राउ अभियानलाई प्रभावकारी बनाउने क्रममा उनले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी धिरज राज शाक्य र नवराज काफ्ले तथा नख्खु कारागारबाट फरार रहेका जबरजस्ती करणी मुद्दाका कैदी सुवाश थारु दनुवारलाई विभिन्न मिति र स्थानबाट पक्राउ गर्न सफल भएका थिए।
अपराध नियन्त्रण, फरार प्रतिवादी पक्राउ तथा फैसला कार्यान्वयनमा उल्लेखनीय योगदान पुर्याएको र नेपाल प्रहरी संगठनको छवि एवं गरिमा उच्च राख्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको मूल्याङ्कन गर्दै उनलाई उक्त सम्मान प्रदान गरिएको हो।
आगामी दिनमा समेत ललितपुर जिल्लामा अपराध रोकथाम तथा नियन्त्रण, अपराध अनुसन्धान र शान्ति सुरक्षा व्यवस्थापनमा थप प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ।

