डिएसपी प्रल्हाद कार्कीको प्रमुख आतिथ्यमा “स्वागत तथा फेरि भेटौला कार्यक्रम”
नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा, नक्सालको विभिन्न मितिको पत्रानुसार नगर प्रहरी कार्यालयमा सरुवा भइ आउनु भएका प्रहरी कर्मचारीहरूलाई स्वागत गरिएको छ ।
त्यस्तैगरी, विभिन्न मितिको पत्रादेशअनुसार यस कार्यालयबाट सरुवा भइ जान लाग्नु भएका प्रहरी कर्मचारीहरूज्यूलाई ‘फेरि भेटौला’ कार्यक्रममार्फत सम्मानपूर्वक बिदाई गरिएको छ।
कार्यक्रमको अन्त्यमा उक्त कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक प्रल्हाद कार्कीले सरुवा भई आउनु भएका प्रहरी कर्मचारीहरूज्यूको हार्दिक स्वागत गर्दै, जान लाग्नुभएका प्रहरी कर्मचारीहरूलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै कार्यक्रम समापन गर्नुभयो ।

