“लागू औषध विरुद्ध झापा अभियान (JAAN)” अन्तर्गत Poster Campaign तथा पुस्तक विमोचन कार्यक्रम :
“लागू औषध विरुद्ध झापा अभियान (Jhapa Action Against Narcotics JAAN)” अन्तर्गत शिवसताक्षी नगरपालिका वडा नं. ७ स्थित नगरपालिकाको सभाहलमा शिवसताक्षी नगरपालिकाको आयोजना तथा जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा Poster Campaign तथा स्थानिय तह -प्रहरी -बिद्यालय सम्पर्क कार्यक्रम पुस्तक विमोचन सम्पन्न भएको छ ।
शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेहगाहाङ थोप्राको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काद्वारा नगर प्रमुखज्यूलाई अभियानसम्बन्धी पोस्टर हस्तान्तरण तथा पुस्तक बिमोचन गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो ।
कार्यक्रममा नगर उपप्रमुख, प्रशासकिय अधिकृत, जनप्रतिनिधिहरू, प्रहरी अधिकृतहरू, सञ्चारकर्मी तथा शैक्षिक संस्थाका प्रमुखहरू लगायत करिब ९५ जनाको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रमले लागू औषध दुर्व्यसन नियन्त्रण तथा समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएको विश्वास लिइएको छ ।

