दैनिक कार्य सम्पादन मूल्याङ्कन ढाँचा कार्यान्वयन समिक्षा कार्यक्रम सम्न्न
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कबित कटवालको प्रमुख आतिथ्यतामा मातहतका सम्पूर्ण युनिट इन्चार्जहरुको उपस्थितिमा “दैनिक कार्य सम्पादन मुल्याङ्कन ढाँचा कार्यान्वयन समिक्षा” कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा उत्कृष्ट कार्य गर्ने इलाका प्रहरी कार्यालय बेलबारीका कार्यालय प्रमुख प्रहरी निरीक्षक राजीव गिरी र अस्थाई प्रहरी चौकी कटहरीका प्रमुख प्रहरी वरिष्ठ नायव निरीक्षक चन्द्रिका कुमार श्रेष्ठलाई प्रमुख अतिथि प्रहरी उपरीक्षक कबित कटवालज्यूले प्रशंसा-पत्र प्रदान गर्नु भई उपस्थित सम्पूर्णमा आफूले पाएको जिम्मेवारीलाई अझ उत्कृष्ट तवरले निर्वाह गर्न हुन निर्देशन समेत दिनु भयो ।

