एआईजी राजन अधिकारीद्वारा बन्दै गरेको प्रहरी एकेडेमीको स्थलगत भ्रमण तथा अवलोकन
निमित्त प्रहरी महानिरीक्षक तथा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक राजन अधिकारीद्धारा भारत सरकारको अनुदान सहयोगमा काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडा नं. ६, दलिन्चोकमा निर्माण हुँदै गरेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजनाको स्थलगत भ्रमण तथा अवलोकन कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ई. रामकुमार चौधरी, प्रहरी वरिष्ठ उपरीक्षक आ. हरि डङ्गोल, भारतिय राजदुतावासका प्रतिनिधिहरु, परियोजनाका भारतीय परामर्शदाता Central Public Works Department (CPWD) का ईन्जिनियरहरु, निर्माण व्यवसायी ACIL-RCPL JV का प्राविधिक तथा प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।

