एआईजी हिमालय श्रेष्ठद्वारा प्रहरी सशस्त्र प्रहरी गण नं १ नक्सालको निरीक्षण तथा समयानुकूल सेवा प्रवाहका लागि निर्देशन
नेपाल प्रहरी प्रधान कार्यालय, कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हिमालय कुमार श्रेष्ठले नेपाल प्रहरी सशस्त्र प्रहरी गण नं १ नक्सालको निरीक्षण गर्नुका साथै प्रहरी कर्मचारीहरूलाई समयानुकूल सेवा प्रवाहका लागि आवश्यक निर्देशन दिनुभएको छ ।
निरीक्षण भ्रमण अन्तर्गतका कोत गारद, प्रबन्ध शाखा, प्रशासन शाखा, तालिम शाखाका साथै चमेनागृह, क्यान्टिन, मेस तथा ब्यारेक भवनहरूको स्थलगत अनुगमन र निरीक्षण गर्नुभएको थियो।
सोही क्रममा उहाँले कार्यालयको समग्र अवस्था, पूर्वाधार तथा व्यवस्थापनको अवलोकन गरि गणको प्रस्तुतिको बारेमा समेत विस्तृत जानकारी लिनुभएको थियो।
निरीक्षण पश्चात् आयोजित सम्बोधन कार्यक्रमा सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई उच्च व्यावसायिक, निष्ठा, अनुशासन र सेवा प्रवाहमा कुनै सम्झौता नगर्न समेत निर्देशन सम्बोधन गरि सम्पन्न भएको छ

