आईजीपी दान कार्की थाइल्यान्डको बैंककमा आयोजित FBI को कार्यक्रममा सहभागी हुनुभई स्वदेश फर्कनुभएको छ ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्की थाइल्यान्डको बैंककमा आयोजित FBI Regional Summit on Scam Center Compounds and Transnational Organized Crime मा सहभागी हुनुभई स्वदेश फर्कनुभएको छ ।
प्रहरी महानिरीक्षकज्यूलाई निमित्त प्रहरी महानिरीक्षक राजन अधिकारीज्यू, प्रहरी अतिरिक्त महानिरीक्षकज्यूहरू तथा नेपाल प्रहरीका वरिष्ठ प्रहरी अधिकृतज्यूहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा औपचारिक रूपमा स्वागत गर्नुभयो।

