लागुऔषध नियन्त्रण ब्युरोको टोलीले लहानबाट फलफूलको गाडीमा लुकाएको अवस्थामा ६५२ केजी गाँजा बरामद
ब्युरोका शाखा कार्यालय सिराहाबाट खटिएको टोलीले बुधबार लहान नगरपालिका–३ स्थित श्यामकुमारी साहको घर कम्पाउन्डबाट ६५२ केजी गाँजा बरामद गरेको हो ।
पार्किङ गरेर राखिएको बा२१ च ५८६६ नम्बरको पिकअपमा फलफूलमुनि लुकाएको अवस्थामा ६५२ केजी गाँजा बरामद गरिएको लागुऔषध नियन्त्रण ब्युरोका डीएसपी जीवन निरौलाले बताए ।
ब्यूरोको टोलीले गाँजा ओसारपसारमा संलग्न ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लहान नगरपालिका–३ घर भएकी ३८ वर्षीय श्यामकुमारी साह, १९ वर्षीय शिवम साह र भारतीय नागरिक ३८ वर्षीय गौरव महतो छन् ।

